सरकारले पिसिआर मेसिन र ल्याब मेशिनको तुरुन्तै व्यवस्था नगरे धर्ना दिने चेतावनी ः सांसद यादव

11

संतोष रन्जितकार
वीरगंज, २१ चैत्र ।
प्रदेश नं. २ मा एक मात्र वीरगंज महानगरपालिका रहेको छ । सो वीरगंज महानगरपालिकाको वडा नं. ४ मा अवस्थित नारायणी क्षेत्रीय अस्पतालमा पर्सा, बारा, रौतहट, मकवानपुर लगायत भारतबाट समेत बिरामीहरु उपचारको लागि आउने गर्दछन् ।
अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न सरकारले लकडाउन घोषणा गरेको छ । तर कोरोना भाईरस परिक्षण गर्न सरकारले ७ वटै प्रदेशलाई स्वास्थ्य उपकरण समेत प्रदान गरेको छ भने सरकारले प्रदेश नं. २ को जनकपुरमा सो स्वास्थ्य उपकरण प्रदान गरेको हो ।
सोही सन्दर्भमा पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले नारायणी अस्पताल संघीय अन्तर्गत रहेकोले अस्पताल दोहोरो मारमा परेको बताउनु भएको छ ।
कोरोना भाईरसका संक्रमण भएकाहरुको लागि वेलफेयर सोसाइटी बिरगंजका सुरेश रु·्टा र जगदम्बा सिमेन्टका राजेश अग्रवालको सहयोगमा २० श्ययाको आईसुलेसन वार्डको निर्माण गर्ने भनेकोले माननीय सांसद यादबको फहलमा २० श्ययाको आईसुलेसन वार्डको तयारीबारे शुक्रबार निरीक्षण गर्ने त्रममा सांसद यादवले सरकारले यहाँका जनतालाई अन्याय र सधै धोखा दिदै आईरहेको आरोप लगाएका थिए । उनले यत्रो ठूलो अस्पतालमा एउटामात्र भेन्टिलेटरले पुग्दैन, काठमाडौंमा झन्डा हल्लाएर मन्त्रीहरुले देशको रक्षा गर्न सक्दैनन् । यसको लागि शनिबार धर्ना दिने चेतावनी समेत सांसद यादवले दिएका थिए । उनले संकटको बेलामा राज्यले सहयोग गर्नुपर्नेमा बेवास्ता गरेकोले हामी चुप लागेर नबस्ने र नागरिकको रक्षाको लागि जे गर्न पनि तयार रहेको उनको भनाई रहेको थियो । सांसद यादबले अहिले बिरगंजमा यस्तो अवस्था आएको छ कि कसैलाई सामान्य ज्वरो आएमा कुनै नीजी अस्पतालले भर्ना लिन मान्दैन ।
त्यसैगरि नारायणी अस्पतालमामा पनि स्वास्थ्यकर्मीहरुको लागि कुनै सुरक्षा सामाग्री र कोरोना भाईरस चेकजाच गर्ने मेशिन र ल्याबको व्यवस्था नभएकोले सामान्य ज्वरो, रुघाखोकी र स्वासप्रश्वासमा गाह्रो भएको जस्ता लक्षण भएकाहरुलाई शंकाको आधारमा क्वारेन्टाइनमा राखी उपचार गर्ने र उसको रिपोर्ट आएपछी एकिन भएपछी मात्र उपचार गर्ने हुदा समयमा उपचार गर्न नपाई मृत्यु समेत हुने भएको हुदा सरकारले नारायणी अस्पतालको लागि पिसिआर मेसिन, ल्याब मेशिनको तुरुन्तै व्यवस्था गर्न माग गरेका थिए । उनले सरकारले सो माग पुरा नगरे धर्ना दिने चेतावनी समेत दिएका थिए ।