कानुद्धारा राहत वितरण

37
संतोष रन्जितकार

२०७६ २४ चैत ।
वीरगञ्ज महानगरपालिका वडा न. १५ भिस्वा डाडा मा आज कार्यवाहक वडा अध्यक्ष छोटेलाल साह कानुले विपन्न परीवारलाई राहत वितरण गर्नुभएको छ । विश्वभरी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरीरहेका २०० जाना को घर परिवारलाई राहत उपलब्ध गराइएको हो । चामल, दाल, नुन, तेलसाबुन लगायतका खाद्य सामाग्री उपलब्ध गराइएको हो सानो ठूलो परिवार हेरी ५ किलो चामल देखि १५ किलो को चाम र अन्य खाधान्य समान बितरण गरिएको हो।सो राहत बितरण कार्यक्रम मा स्थानीय नेता रमेश यादब गगदेब पटेल गजेन्द्र पटेल अनिल प्रसाद सिंह वडा सदस्य बिरगंज भिस्वा युवा कल्ब का अध्यक्ष उदय नारायण कुशवहा लगायत का सहभागीले गरीब, विपन्न तथा न्युन आर्थिक अवस्था भएका परिवारलाई राहत वितरण गरेको हो ।