सेढाईद्धारा राहत वितरण

4

संतोष रन्जितकार

२०७६ २४ चैत ।
वीरगञ्ज महानगरपालिका वडा न. ११ मा आज वडा अध्यक्ष प्रधुमन सेढाईले विपन्न परीवारलाई राहत वितरण गर्नुभएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरीरहेका ४ सय घर परिवारलाई राहत उपलब्ध गराइएको हो । चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री उपलब्ध गराइएको हो ।वडा सदस्यहरु मुस्तकीम हवारी, प्रयाग महतो कहर, मिना देवी ,कुमारी देवीलगायतको विशेष सहयोगमा राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महमद निजामुद्धिन, शंकर महतो, जगन महतो, पवन ठाकुर लगायतको समुहले गरीब, विपन्न तथा न्युन आर्थिक अवस्था भएका परिवारलाई राहत वितरण गरेको हो ।