ठेला सहित खुर्सानी बरामद

37

संतोष रन्जितकार

बीरगंज २५ चैत ।
विश्वव्यापी रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) को महामारी नियण्त्रणको लागी नेपाल सरकारद्वारा गरिएको लक डाउनको निर्णयलाई अवज्ञा गरि मिति २०७६।१२।२४ गते जिल्ला पर्सा बि.म.न.पा.वडा नं.१० आदर्शनगर स्थित ठाकुरराम क्याम्पस पछाडीको बाटो प्रयोग गरी भारतबाट नेपालतर्फ २ वटा ठेलामा २५ बोरा सुकेको खुर्सानी ल्याउदै गरेको अवस्थामा ल्याउने मानिसहरु प्रहरी टोलीलाई देख्ना साथ ठेला सहित खुर्सानी छाडी भागेकोले सो ठेला सहितको खुर्सानी बरामद गरी आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा पठाइएको प्रहरी ले जनाएको छ ।