“रक्सी” सहित अजय प्रहरी नियन्त्रणमा

28

संतोष रन्जितकार
बिरगंज २५ चैत।
विश्वव्यापी रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) को महामारी नियण्त्रणको लागी नेपाल सरकारद्वारा गरिएको लक डाउनको निर्णयलाई अवज्ञा गरि मिति २०७६।१२।२५ गते बिहान समयमा जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ स्थित जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.१ बस्ने चन्द्रीका राउतको छोरा बर्ष ४१ को अजय राउतले ना.१९.प.२३४१ नं.को मो.सा.मा कस्तुरी रक्सी २१० (क्वाटर) पिस नेपालबाट भारततर्फ लादै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बीरगंजमा पठाइएको प्रहरीले जानकारी गराएको छ।