विज्ञहरुको टोलीद्वारा वीरगञ्जका विभिन्न अस्पतालहरुको स्थलगत अवलोकन

15

संतोष रन्जितकार
बिरगंज २५ चैत।
प्रदेश नं. २ को सरकारले कोरोनाभारस अर्थात कोभिड-१९ रोकथाम र नियन्त्रणको लागी गठन गरेको विज्ञहरुको टोलीले आज वीरगञ्जका विभिन्न अस्पतालहरुमा सम्भाव्यता अध्ययन गरेको छ। वीरगञ्जमा कोरोनाभाइरसको उपचारका निमित्त विशेष अस्पताल स्थापन गर्ने माग आएपछी प्रदेश सरकारद्वारा गठित चिकित्सक सल्लाहकार विज्ञ समुहले मङ्गलबार नगरका विभिन्न अस्पतालमा पुगेर स्थलगत सम्भाव्यता अध्ययन गरेको हो ।विज्ञहरुको टोलीले वीरगञ्जस्थित नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर हस्पिटल, नेसनल ट्रेडिङ्ग र कृषी ज्ञान केन्द्रमा कोरोनाभाइरसका लागी विशेष अस्पताल स्थापन गर्न सम्भाव्यता अध्ययन गरेको छ ।
माननीय सांसद प्रदीप यादवको अगुवाईमा गएको अध्ययन टोलीले वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर हालका लागि कोरोनाको विशेष अस्पताल बनाउन सकिने सुझाव दिएको छ ।सम्भाव्यता अध्ययन गर्ने टोलीमा सुरेन्द्र यादव, विजय सिंह, राम एकबार साह, नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय, प्रदेश सासदहरू जनत अंसारी, सिंहासन साह कलवार, मुख्यमन्त्रीका निजी सचिव दिपक यादव, समाजबादी पार्टीका जिल्ला अधयक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, , नेता सुन्दर कुर्मी, शेख समीर , बिरगंज महानगर समितिका अध्यक्ष ईश्वर यादव समेतको सहभागिता थियो ।त्यसैगरी माननीय सांसाद यादवले प्रदेश सरकारले उपलब्ध गराएको ५५ थान पीपीई सेट, एन ९५ मास्क, पञ्जा र अन्य स्वास्थ्य सामग्री नारायणी अस्पताललाई मङ्गलबार हस्तान्तरण समेत गरेका छन् ।

तर कसैले होम डेलिभरी गर्न चाहेमा त्यसलाई भने प्रोत्साहन गर्ने निर्णय भएको बस्नेतले बताउनुभयो । साथै, बैठकले जारी लकडाउनको समीक्षा गर्दै थपिएको लकडाउनलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कार्कीको अध्यक्षतामा बसेको सो कमाण्ड पोष्टको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नारायणी अस्पतालमा प्रमुख डा. मदन उपाध्याय, चण्डी प्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सहायक प्रजिअ ललित कुमार बस्नेत लगायतको उपस्थिति रहको थियो ।