सेनिटाईजर छर्किने कार्यको निरन्तरता

55

संतोष रन्जितकार

बिरगंज २५ चैत्र ।

साहिब दरबार सेवा संस्थान चैरिटेबल ट्र्स्ट ,समपर्ण सेवा संस्था र टि भि बिरगन्जले बीरगंज नगर क्षेत्रमा सेनिटाईजर छर्किने कार्यको निरन्तरता दिएको छ । साहिब दरबार सेवा सस्थाका नेपालको संयोजक राजेश मान सिंहको नेतृत्वमा बीरगंज महानगरपालिका वडा नं १६ ईर्नवा लगायत आसपासका घरहरु मठ मन्दिर मस्जिदहरुमा सेनिटाईजर छर्किएको संस्थाका सदस्य रुपेशमान सिंहले जानकारी दिए ।
कोरोना बिरुद्धको लडाई हाम्रो साझा अभियान अन्तर्गत बिश्वब्यापी फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागी नि :शुल्क सेनिटाईजर छर्किएने कार्य अभियानमा खटिएका संस्थानका सदस्य राहुल तुल्स्यानले भने, कोरोनाले कसैलाई नदेखिने भाइरस हो , यसबाट बच्नका लागी हामीहरु सुरक्षा र सतकर्ता अपनाउन अति आवश्यक रहेको बताए । हात जहिले पनि साबुन पानीले धौऔं । सेनिटाईजर प्रयोग गरौ , भिडभाड स्थानमा नजाऔं, सुरक्षा सतकर्ता अपनाउं कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाउँ उदेश्यकको साथ बीरगंज नगर क्षेत्रमा सेनिटाईजर छर्किएने कार्य आफनो संस्थाले गरेको रूपेशमान सिंहले जनाएका छन ।
कोरोना भाईरस नियन्त्रण गर्नेका लागी नेपाल सरकारले लक डाउन गरेको छ । सम्पुर्ण पर्सावासीहरु संग मेरो अनुरोध छ कि लक डाउनको उल्लंघन नगरौ,कोरोनाबाट सुरिक्षत आ आफ्नो घरमै बसौ ।भन्ने चेतना समेत नगरबासीलाई बताएका छन ।