हनुमान जन्मोत्सव आ–आफ्नो घरमै मनाऔं ः ज्योतिष दुबे

21

वीरगंज, २५ चैत्र ।
कोभिड–१९ महामारीको प्रभावले गर्दा पुरै विश्व नै त्रसित बनेको छ । कोभिड–१९ बाट सुरक्षित रहनको लागि सरकारले लागु गरेको लकडाउनको पालना गर्दै हामी सबै घरमा बस्न बाध्य भएका हौं ।
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व भोली यही चैत्र २६ गते बुधवारको दिन परेकोले यस बर्ष धुमधामका साथ नभई आ–आफ्नै घरमा हनुमान चालीसा को पाठ सँगै ॐ हनु हनुमतये नमः को बिशेष जप गरी महामारी लाई शांत गर्न हनुमान जी लाई प्राथना गर्न सबै हिन्दूमा ज्योतिष पुरुषोक्तम दुबेले आव्हान गरेका छन् ।
बलशाली व्यत्तित्व हनुमानको पूजा आराधना गर्नाले चिताएको पुग्ने, डर, क्रासबाट मुत्ति मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चा· निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कोरोना भाइरसको सङ्ढ्रमण फैलन सक्ने त्रासमा घर घरमै बन्दाबन्दी (लकडाउन) मा बसेका मानिसका लागि हनुमानको पूजा, आराधना एवं पाठ पारायणले मानसिकरुपमा शान्ति र आशाको सञ्चार गर्ने उहाँको भनाइ छ । ज्योतिष दुबेले कोरोना महामारी चलिरहेको बेला मठ मन्दिरमा नगएर यो वर्ष कुनै पनि उत्सव, शोभायात्रा वा भीडभाडको कुनै पनि कार्य नगरी आ–आफ्नै घरमा यथा उपयोग्य रूपले श्रद्धा पुर्वक श्री हनुमान जी को पुजा गरी बिशेष कष्ट निवारणको कामना गर्न समेत आग्रह गरेका छन् ।
विश्व नै आपातकालमा रहेको बेला त आफ्नो जीवन बचाउनु नै आवश्यक हुन्छ त्यसैले हनुमान जन्मोत्सवको दिन उपवास गरी घर बाहिर आफु पनि ननिस्न तथा अरुलाई पनि ननिस्किन दिन ज्योतिष दुबेले आग्रह गरेका छन् । उनले यो आपातकालको समयमा आफ्नो जीवनलाई उच्च जोखिममा राखी सहयोग गर्ने सम्पूर्ण मीडिया, चिकित्सक, नर्स, सफाईकर्मी, सुरक्षाकर्मी तथा सेनालाई धन्यवाद समेत व्यक्त गरेका छन् ।