कलैया उपमहानगरपालिकामा बितरण गरिएको चामल र दाल गुणस्तरहीन

30

बारा, चैत २८।
उपमहानगरपालिकाले बितरण गरेको खाद्यान्न गुणस्तरहीन भेटिए पछि राहत बुझेकाहरुले त्यसलाई फिर्ता गरेका छन्।
वाड नम्बर २२ मटिअरीयामा बितरण गरिएको चामल कुहिएको भेटिए पछि त्यसलाई फिर्ता गरेर बिहानै देखि पीडितहरुले वडा कार्यालय घेराउ गरि कारवाहीको माग समेत गरेका छन्।
कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले वडा अध्यक्ष लालबाबु यादवसँगै गएर खाद्यान्न समाग्री बितरण गर्दा धेरै पीडितहरुले केही दिन खानालाई चामल दाल र आलु पाएको भन्दै खुशी समेत भएको मटिअरीयाका स्थानीयहरुले बताएका छन्।
राहतमा पाएको खाद्यान्नको चामलको बोरा गएर घरमा हेर्दा कुहिएको चामल देखिए पछि स्थानीयहरुले त्यसको बारेमा वडा अध्यक्षलाई गुनासो गर्न जाँदा वडा अध्यक्षले नगरपालिकाले यस्तै दिएको भन्दै गुनासो गर्ने पीडितहरुलाई उल्टै गाली गरेको स्थानीयले बताए।
त्यसै गरि वडा नम्बर ७ मा बितरण गरिएको रहरको दाल कुहिएको भेटिए पछि त्यसको पनि पीडितहरुले बिरोध गरेका छन।


वडा नम्बर ७ कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवको समेत वडा रहेको र ती वडामा पनि गुणस्तर हीन दाल बितरण गरिएको भेटिए पनि नगर प्रमुख यादवको पनि यस कार्यमा संलगन्ता रहेका अशंका गरिएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले कलैया उपमहानगरपालिकाले बितरण गरेको खाद्यान्न समाग्री मध्ये वडा नम्बर २२ बाट कुहिएको चामल र वाड नम्बर ७ बाट कुहिएको दाल भेटिए पछि त्यसको नमुना ल्याएको बताएका छन्।
अनुसन्धानको क्रममा यसमा दोषी देखिएकालाई कारवाही गर्ने प्रतिबद्धता समेत प्र.जि.य पण्डितले गरे।
केही दिन देखि कलैया उपमहानगरपालिकाले गुणस्तरहीन खाद्यान्न समाग्री राहतको नाममा बितरण गरेको गुनासो आए पछि  प्रजिय पण्डितले त्यसको छानबिनको कुनै चासो नदेखाएको गुनासोहरु कलैयायका स्थानीयहरुले गरेका छन्।
कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले अधिकाँश वडाहरुमा बितरण गरिएको चामल दाल र आलुको व्यवस्था आफै गरेको एक वडा अध्यक्षले बताएका छन्।