स्वास्थ्यकर्मीहरुको सुरक्षा तथा बिरामीहरुको उपचारमा आश्वयक पर्ने सामग्री उपलब्ध गराउन सांसद यादवद्वारा स्वास्थ्य मन्त्रीलाई ज्ञापन

25

विरगञ्ज, २७ चैत्र ।
विश्वस्तरमा महामारी बनेको कोरोना भाइरस अर्थात कोभिड–१९ लाई जित्न अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी र डाक्टरको सुरक्षा साथ बिरामीलाई राम्रो उपचार दिने भेन्टीलेटर सहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन स्वास्थ्य मन्त्री सित पर्सा क्षेत्र नं. १ संघीय सांसद प्रदिप यादवले मांग गरेका छन् ।
बुधबार अबेर राती संघीय स्वास्थ्य मन्त्री भानु भक्त ढकालको नाउमा ज्ञापन पत्र जारि गर्दै सांसद यादवले कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न झएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसको स्वास्थ्यका लागि एवं संक्रमित व्यत्तिको उपचारको लागि आवश्यक पर्ने उपकरण र स्वास्थ्य सामग्री साथै उपचारमा खटिरहेका डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक पी.पी.ई. सेट ल्ढछ मास्क लगायत अन्य सामग्री उपलब्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्री समक्ष मांग गर्नु भएको हो ।
कोरोना रोगको उच्च जोखिम तथा प्रदेश नम्बर २ का ४ जिल्लाका रोगीहरुको ठुलो चापमा रहेको वीरगन्जको नरायणी अस्पतालमा कोरोना रोगको परिक्षण पिसिआर ल्याब, स्थास्थ्य कर्मिहरुको सुरक्षाका लागी पिपिई लगायतका सामग्री अति आवस्यक रहेकोले सांसद यादवले ज्ञापन मार्फत स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
विश्वस्तरमा महामारी बनेको कोरोना भाइरस अर्थात कोभिड–१९ लाई जित्न सांसद यादव पहिला देखि नै सक्रिय रहदै आएको र आफ्नै पहलमा नारायणी अस्पतालमा २० सैयाको आइसोलेशन वार्ड निर्माण गराउनुको साथै मुख्यमन्त्रीलाई भेटि प्रदेश सरकारसंग तत्काल कोरोना उपचार केन्द्र स्थापना गर्न लागेका डाक्टरहरुको सुरक्षा निमित पी.पी.ई.सेट उपलब्ध गराउन तथा अन्य उपकरण जुटाउन लागेका छन् ।