रोट्र्याकट क्लब अफ बिरगंजद्वारा पर्सा प्रहरीलाई गल्भ्स र हैण्डवाश सहयोग

22

संतोष रन्जितकार

वीरगंज २९ चैत्र
बिश्वभरी फैलिएको कोरोना भाईरसले त्रास सिर्जना भैइरहेको बेला रोट्र्याकट क्लब अफ बिरगंजले सरकार ले लगाएको लकडाउन मा खटीने प्रहरी जवानहरु सहयोग गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मा ७००पिस गल्भ्स, ५ लिटर हैण्डवाश ,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मा ४००पिस गलभ्स ५ लिटर हैण्डवाश ,वडा प्रहरी कार्यालय श्रीपुर मा ३००पिस ग्लभ्स, ५ लिटर हैण्डवाश  कार्यालयमा पुगेर सहयोग गरेका छन । दिन न रात भनि देशवाशी को सुरक्षा को निम्ति बिरगंज को अनेक नाका लगायत शहर बजार भित्र सुरक्षा निम्ति जिउ ज्यान को प्रवाह नगरि आफ्नो कार्य गर्दै आइरहेका प्रहरीहरुको लागि केही सहयोग पुगोस भन्ने संस्था का अध्यक्ष मेनिका गिरी को भनाइ रहेको थियोे । क्लबका सचिव आयुष गुप्ता र अन्य सदस्यहरुले शनिबार कार्यालयहरु पुगेर सामग्री हस्तान्तरण गरेका थिए ।