अनिश्चितकालका लागि आइपिएल स्थगित

33

नयाँ दिल्ली,४ वैशाख:-

इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चितकालका  लागि स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमण सँगै आइपिएल अर्को सूचना नआउन्जेलका लागि स्थगित गरेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ।

भारतमा कोरोना सङ्क्रमण बढ्दो क्रममा छ। सरकारले ३ मे सम्म लकडाउन बढाएसँगै आइपिएल अनिश्चितकालका लागि स्थगित भएको हो।

पछिल्लो समय भारतमा संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। र, लकडाउन चलिरहेको छ।

‘देशको स्वास्थ्य र सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। बिसिसिआई फ्रेन्चाइजी मालिक, ब्रोडकास्टर, प्रायोजक र सबै शुभचिन्तकसँग अहिलेको अवस्था सुधार भएपछि मात्र आइपिएल सुरु हुन सक्ने स्वीकार गर्दछ,’ बिसिसिआइले आफ्नो बयानमा भने छ। फाेेेेेटाे:गृुुगल