साहिब दरबार सेवा सस्थानद्वारा सेनिटाईजिङ्ग बुथ हस्तान्तरण

32

सन्तोष रन्जितकार

बिरगंज , ०४ बैशाख  ।

साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाद्धारा बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सालाई सेनिटाइजिंग बूथ हस्तान्तरण गरेको छ ।जिल्ला प्रहरी कार्यालयमा बहिरी व्यक्तिहरु विभिन्न कामले आउने भएकोले कोरोना भाईरसको संक्रमणबाट बच्न कार्यालय प्रवेश गर्नु अघि सेनिटाईजिङ्ग बुथ हुँदै जानको लागि सोव्यवस्था गरिएको सस्थाका संयोजक राजेशमान सिंहले जानकारी दिनु भएको थियो । हस्तान्तरण कार्यक्रममा सस्थाका सदस्य रुपेश मान सिंह , जयप्रकाश महतो , बैंजुलाल स्वर्णकार , लियाकत अली , निराजन अधिकारी , राहुल तुल्स्यान , अफरोज आलम , जियाउल हक , कलाम मंसूर लगायतकाको सहभागिता रहेको थियो ।