जि.पी कोइराला फाउन्डेसन पर्साद्धारा सेनिटाईजर छर्किने र्काय जारी

18

सन्तोष रन्जितकार

बिरगंज ६ बैशाख ।

जि.पी कोइराला फाउन्डेसन ले आज दोस्रो दिन पनि सेन्ट्राइज गर्ने कार्य लाई निरन्तरता दिएको छ भने आदर्शनगर को कलवार धर्मशाला लाई केही दिन देखि क्वारेन्टाइन बनाइ १८ जाना मुश्लिम समुदाय का ब्यक्तिहरु लाई सो धर्मशालामा राख्दै आएका थिए निजहरु को चेकजाँच गर्ने क्रम मा कोरोना भाइरस नेगेटिभ देखा परे पछि आज बाट प्रशासन ले क्वारेन्टाइन मा बस्ने सम्पुर्ण ब्यक्ती लाई वडा अध्यक्ष र सम्बन्धित ब्यक्ति को रहोवर मा घर मै बस्ने गरि छडिएको हो ।सो धर्मशाला लाई र खटिएका सेनाको जवान लाई समेत जिपी कोइराला फाउन्डेसन ले सेन्ट्राइज गरेका थिए भने सो कार्य को सेना ले प्रसंशा समेत गरेका थिए ।