सहकारी संस्थाद्धारा सहयोग

10

सन्तोष रन्जितकार

बिरगंज , ०६ बैशाख  ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु ११ हजार सहयोग गरेको छ । प्रदेश न। २ ले सञ्चालन गरेको उपचार कोषमा सहयोग स्वरुप ११ हजारको चेक आज संघ पर्साका अध्यष राजेश पण्डितले मुख्यमन्त्रिका स्वकिय सचिब दिपक यादबलाई हस्तान्तरण गर्नुभएको छ । विश्वत्रसित कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले उक्त रकम सहयोग गरीएको अध्यक्ष पण्डितले बताउनुभयो । सो अवसरमा सखुवाप्रसौनि गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल, जिल्ला कृषि सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष शिव कुमार साह, अरुणोदय युवा क्लब महुवनका सचिब सुरज पण्डित लगायतको उपस्थिती रहेको थियो । चेक बुझ्दै स्वकिय सचिब यादबले सहयोगको लागि संहकारी संघलाई धन्यवाद दिनुभएको थियो । साथै आगामी दिनमा पनि यसरी सहयोग रहीरहने विश्वास समेत व्यक्त गर्नुभएको जिल्ला बचत तथा ऋण सहकारी संघका प्रबन्धक राम अनुप यादब जान्कारी दिनुभयो।