काठ सहित ठाकुर गिरफ्तार

3

बीरगंज ८ बैशाख । चोरी निकासी गरि ल्याइएको काठको अनधिकृत कारोवार गरेको आरोपमा प्रहरीले एक जना काठ उधोगकका संचालकलाई गिरफ्तार गरेको छ ।

बीरगंजको वडा नं १० को  सिर्सिया बाइपासमा रहेको सँ मिलमा सतिसालको काठ अबैध रुपमा ल्याएर राखिएको सूचना पाएको आधारमा प्रहरीले जगदिश एण्ड व्रदर्श सँ मिलमा छापामारी गरेर संचालक बीरगञ्ज – १० घडिअर्वा बस्ने वर्ष ३७ को हिरामन शर्मा ठाकुरलाई गिरफ्तार गरेको हो ।

 

बरामद गरिएको सकसालको काठ कहाँबाट ल्याइएको हो र कसरी यहाँसम्म ल्याइएको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

उधोगमा लुकाई छिपाई राखेको अवैध सतिसालको काठ अन्दाजी १३ क्यु फिट (१२६ थान ) फेला परेपछी संचालक शर्मालाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

 

उधोग संचालक शर्मालाई काठ सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला वन कार्यालय पर्सा पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।