नारायणी अस्पतालको आइसोलेशन वार्डमा क्षति

22

सन्तोष रन्जितकार

बिरगन्ज ८ बैशाख  ।
साेमबार राति  एक्कसी आएको हावाहुरीले वीरगन्जको नारायणी उपक्षेत्री अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा क्षति भएको छ ।

कोभिड 19 कोरोना भाइरस सक्रमितलाई आइसोलेशन वार्डमा भर्ना गरेर उपचार भइ रहेको अवस्था एक्कासी आएको हावाहुरी तथा पानीले क्षति पुर्याएको हो ।

अस्पतालको इमर्जेन्सी वार्डमाथी आइसियु नजिक अस्थाइ रुपमा केही दिन अगाडी २० शैयाको आइसोलेशन वार्ड निर्माण गरिएको थियो ।

बनाइएको आइसोलेशन वार्डको दुइतिर कै आल्मुनियम र सिसाले बनाइएको पर्खाल भत्केपछी उपचार्थ ४ जना कोरोना भाइरस सक्रमितलाइ नजिककै रहेको आइसियु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन प्रसाद उपाध्यायले बताए ।

उनले भने– ‘एक्कसी आएको हावाहुरीलाई अस्थायी आइसोलेशनले थेक्न सकेन र दुबैतिरको पर्खाल भत्केर पानी पसेको तर हामीले सक्रमित लाई सुरक्षित ठाउमा राखेर उपचार गरि रहेकाछौ ।

आइसोलेशन वार्डमा वीरगन्ज छपकैया स्थित मस्जिदमा रहेका तीन जना भारतीय मुस्लिम धर्म प्रचारक र रौतहटका एक जनामा गरि चारजनामा कोरोना पोजेटिभ भेटिएपछी उपचारको लागि भर्ना गरिएको छ ।