बिना सुचना बजार बन्द,प्रशासन मौन

17

सन्तोष रन्जितकार

बिरगन्ज ८ बैशाख।

आइतबार ११ बजे देखी खुलेन भनिएको  वीरगंज बजार आज पूर्ण रूपमा बन्द भएको छ । बजारमा सर समान किनमेल गर्न आएका सर्वसाधारण अचम्म परेका छन । सम्बन्धित निकायले बिना कुनै सूचना बजार बन्द गर्दा घरबाट बजार अति आवश्यक र उपभोग्य बस्तु किन्न आएका उनीहरु बाटो भरी एक अर्का संग बजार किन बन्द हो? के भाको हो? आपसी कुराकानी गर्दै बन्द को कारण सोध्दै हिडेका थिए । तर वास्तविक उतर भने कसैले पाएको थिएन।

जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा पनि प्रमुख जिल्ला अधिकारी को फोन उठेन । विरगंजकों घंटा घरमै रहनु भएकी पर्सा का प्रहरी उपरीक्षक गंगा पन्त संग बुझ्न खोज्दा उनले पनि केही उतर दिनु भएन ।

लक डाउन को आज २८ औ दिन अन्य दिन भन्दा सवारी साधन चेक जाच मा अत्यन्त कड़ाई गारिए को छ।