महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाद्वारा आर्थिक सहयोग

13

वीरगञ्ज, ८ बैशाख  –  महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रदेश नं. २ मुख्यमन्त्री कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

संस्थाले आज प्रदेश नं. २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलका स्वकीय सचिव रमेश सर्राफमार्फत शोमबार चेक हस्तान्तरण गरेको छ । संस्थाले राहत कोषमा २१ हजार रुपैया सहयोग गरेको हो ।  संस्थाका प्रमुख जितेन्द्र वर्माले नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक हरेराम पटेलको उपस्थितिमा चेक हस्तान्तरण गरेका थिए ।