औषधी लिन जाँदा प्रहरीले दु;ख दिएको सितारामको आरोप

11

सन्तोष रंजितकार

बिरगंज ०९ बैशाख  ।

स्थानीय प्रहरी प्रशासनले “लकडाउन” को नाममा शोषण र दमन सुरु गरेको आरोप लाग्न थालेको छ। आफ्नो कमी कमजोरी लुकाउन मन लाग्यो भने पसल बन्द गरि दिने , मन लागे अव्यवहारीक समयमा खोल्ने फेरी विरोध भए पछि सच्याउने फेरी बन्द गर्ने जस्तो क्रियाकलापले गर्दा स्थानीय जनतामा निरासा उत्पन हुन थालेको छ। “लकडाउन” उलंघन गरेको आरोपमा सर्वसाधारणको मोटर सइकल समातेर राखने मन लाग्यो भने जरिवाना तिराएर छोड्ने फेरी झोक चल्यो भने बन्द गर्ने आज भोलिको प्रशासनको दिनचर्या बनेको छ। गत शनिबार १२ बजे ए,एम,सी, हस्पिटल अगाडीको पसलमा मधुमेहको औषधी लिन जादा सिताराम मिस्त्रीलाई प्रहरीले घन्टाघरमा समात्यो । ना,११ प ६३४५ न, को होण्डा साइनमा सवार मोटर साइकल
मिस्त्री सिताराम आफु संग डा, निरज सिंहको पुर्जी रहेको वंहा संग चेकजांच गराएर वंहाले लेखेको औषधी खाने गरेको छु भनेर प्रहरीलाई अनुनय विनय गर्दा पनि डिउटीमा खटेको प्रहरीले नपत्याएको सितारामले अंकुशलाई बताए । जरिवाना तिरेर मोटर साइकल छुटाउन आइतबार र मंगलबार प्रहरीको मा जाँदा प्रहरीले मोटर साइकल नछोडेको उनको आरोप छ । खुल्ला ठाउँमा हावाहुरी र बरसातले आफ्नो मोटर साइकल बिग्रने त होइन भनि चिन्ता सिताराम मिस्त्रीलाई सताइ रहेको छ । बि,पी, उधानमा १२४ वटा मोटर साइकल प्रहरीले खुल्ला आकाश मुनि राखेको छ ।