बाप नम्बरी बेटा दस नम्बरी,शुलभ अग्रवाललाई छुटाउन सत्तापक्ष र प्रतिपक्ष दुवै सक्रिय

46

वीरगंज, ९ बैशाख ।
कुनै बेला आफ्नो स्वार्थपुर्तीको लागि देशको अर्थसचिव फेर्न सक्ने हैसियत बनाएका शंकर गोल्यान आफ्ना जेठा छोरा शुलभ अग्रवाललाई छुट्टाउन नोटको बाकस लिएर विभिन्न शक्तिकेन्द्रमा धाई रहेका छन् ।
हिरासतमा रहेको आफ्ना छोरा शुलभ  अग्रवाललाई कुलंगारले इज्जत फाल्यो भन्दै गहभरी आँसु काढेर प्रहरी समक्ष नाटक देखाएर शंकर गोल्यान आफै ठग व्यापारीहरुको गुरु महाराज भएको कैयौ घटनाले प्रमाणित गरेको छ ।
२०५५ साल बैशाख २३ गते तत्कालिन सांसद परि थापाको नेतृत्वले शंकर गोल्यान लगायत केही भ्रष्ट व्यापारीहरुको नाम नै किटान गरेर संसद समक्ष प्रतिवेदन बुझाएको भएतापनि हालसम्म कारवाही भएन । शंकर गोल्यानको स्वामित्वमा रहेको जगदम्बा स्टिल्सले २५ करोड १७ लाख ८७ हजारको नक्कली भ्याट बिल काटेर ठगी गरेको अभियोगमा तत्कालिन झलनाथ खनालको सरकारका अर्थमन्त्री भरत मोहन अधिकारीले अभय दान दिएका थिए । शंकर गोल्यान लगायतका भ्रष्ट व्यापारीहरुलाई कारवाही गर्नुको साटो तत्कालिन अर्थसचिव रामेश्वर खनाललाई नै हटाइएको घटना नेपालका जनताको मानसपटलबाट नहटेको होला ।
शंकर गोल्यानले अनेक तिकडम गरेर पैसा त कमाए तर आफ्ना छोरा शुलभ र शाहिललाई संस्कार दिन नसकेको पुराना वीरगंजका मारवाडीहरु बताउँछन् ।
कोरोना महामारीमा देश र जनताको सेवामा लाग्नु पर्नेमा देश भक्तिको स्लोगन दिएर उपभोक्ता ठग्न पल्केका शंकर गोल्यानको देखासिकी गरेर नै छोरा शुलभले यस्तो महामारीमा थर्मल गन ६ गुणा बढी दाममा बेचेर पैसा कमाउने सोच बनाएका हुनसक्छ । जस्तो सुकै स्थितीमा पैसा कमाउने नानी देखि लागेका बानी भएका शंकर गोल्यानले झारखण्डको चाइवासाबाट आफ्ना एक दर्जन भन्दा बढी नातेदारलाई नेपाल छिराएर नागरिकता दिलाएका छन् । वीरगंजका एक प्रतिष्ठित व्यवसायी अंकुश दैनिकसंग गोल्यान परिवारको बारेमा आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार उनी शंकर गोल्यानका छोरा साहिल गोल्यानको जन्ती बनेर दिल्ली गएका थिए । गोल्यानले प्लेन चार्टर गरेर जन्ती लगेका थिए । बिहे हुनु भन्दा केही बेर अगाडी छोरा साहिल गायब भएपछि त्यहाँ भागाभाग भयो । जन्ती गएका ती व्यापारी आफै आफ्नो व्यवस्था गरेर घर फर्के । साहिल गोल्यानको लभ त्यस बेलाको चर्चित मोडेल कोहिनुर सिंहसंग चलिरहेको थियो । अहिले उनी दिपा गोल्यान बनेर जगदम्बा ग्रुप चलाई रहेकी छिन् ।
जनताको ध्यान भटकाउन महामारीको बेला सरकारले आफ्नो कमी कमजोरी लुकाउन अध्यादेश रुपी ब्रहृमास्त्र चलाएर जनताको ध्यान भटकाउन प्रयास गरेको छ ।
यही बिच शुलभ  अग्रवाल जस्तो अत्याधिक नाफाखोर व्यक्तिलाई छुटाउन सत्तापक्ष त भयो नै प्रतिपक्षी दल नेपाली कांग्रेसका केही जिम्मेवार नेताहरु पनि लकडाउनमा वीरगंज काठमाण्डौं गरिरहेको देख्दा ह……… लाई भन्दा देख्नेलाई लाज भएको छ ।