कार्यकर्ताहरुलाई खुसीयाली मनाउन सांसद यादवको आग्रह

23

वीरगन्ज ११ बैशाख ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले दुबै मधेसी दल एक भएकोमा कार्यकर्ताहरुलाई घरघरमा खुसीयाली मनाउन आग्रह गरेका छन् । उनले पार्टी फुटाउने मधेस बिरोधी शक्तिहरु जति षडयन्त्र गरेता पनि अन्ततगत्व त्यो शक्तिलाई परास्त गर्न मधेसी नेताहरु सफल भएकोमा बधाइ समेत दिएका छन् । सांसद यादवले आफु अहिले राजधानीमा रहेको बताउदै सक्दो छिटै बिरगन्ज आइ जन सेवामा जुटने बताउनु भयो ।मधेस र मधेसीको चाहना अनुसार दुबै दलको एकताले मधेसमा नया जोसको संचर हुने आशा समते सांसद यदवले व्यक्त गरेका थिए ।