जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

20

वीरगंज, ११ बैशाख ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगेर पार्टी एकताका लागि निवेदन दर्ता गराएका छन् ।

मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् ।

दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति मध्यरातमा गरेका थिए ।