नारायणी अस्पताललाई पुन: जनरल अस्पताल कायम गर्न मांग

14

सन्तोष रन्जितकार

बिरगंज ११ बैशाख ।

राजपा नेपाल बीरगंज महानगर कार्य समितिले नारायणी अस्पताललाई पुन: जनरल अस्पताल कायम गरि सेवा संचालन गर्नु पर्ने र कोभिड-19 को अस्पताल अन्यत्र राख्न मांग राख्दै सोसल दिसटानसिङ्ग (social distance) को पालना गर्दै हातमा प्लेकार्ड लिई शान्तिपूर्ण प्रर्दशन गरेका छन् । महानगर अध्यक्ष लियाकत अली को अगुवाइमा भएको सो प्रदर्शनमा जिल्ला अध्यक्ष राजेश मान सिंह , वडा नं.३ का अध्यक्ष बैजुलाल स्वर्णकार , बोर्ड सदस्य बरकतुल नेसा , नेताहरू खैरूद्दीन मियाँ , कलाम मियाँ ठकुराई , ग्याँसुद्दीन मियाँ , इस्लाम मंसूरी , सलाउद्दीन मंसूरी, नुरेनवी ठकुराई , महानगर कोषाध्यक्ष अफरोज अालम , युवा नेताहरू एकलाख हुसेन , सईम अंसारी , जबार मंसूरी , नवरत्न श्रीवास्तव , जियाउल हक , उमेश गुप्ता , उमेश मानन्धर , एजाजुल हवारी , कलाम मंसूर लगायतको उपस्थिति रहेको थियोे ।