अध्यादेश फिर्ता लिने सरकारको निर्णय

10

काठमाण्डौ १२ बैशाख ।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।अस्थिरता निम्ताउनकालागि अध्यादेश आएको भन्दै निकै आलोचना भएको थियो । सत्तारुढ दलको सचिवालयले पनि अध्यादेश फिर्ताकालागि निष्कर्ष निकालेको थियो । फाइल -फाेेेेटाे