बिरगंज क्वारेन्टाइनमा रहेकाहरुकाे स्वायब परीक्षण

15

सन्तोष रन्जितकार

बिरगंज १२ बैशाख ।

बिश्वभरि कोभिड -१९ कोरोना भाईरसको महामारी कारण नेपालमा पनि यहि चैत्र ११ गते देखी लकडाउन भएको थियो ।त्यसै क्रममा बिरगंजको सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा रहेका ४६ जनाको र छपकैया वडा न.१,२ र ३ मा १३४ जना गरि जम्मा १८० जनाको अन्तिम चरणको( PCR) स्वायब टेस्ट चेकजाचको नमुना लिई काठमाडौंमा पठाउने जितपुरको २८ नम्बर बाहिनीका बिग्रिडियर ( जर्नेल) अनुप जंग राणाले बताएका थिए ।त्यसै गरि बिरगंजको छपकैया वडा न.२ को मस्जिदमा बस्दै आएको २६ जना मध्य ३ जना जमातीहरुमा कोरोना पोजेटिभ आईसकेपछि पुरा बिरगंजमा नै भय र त्रासको स्थिति सृजना भएपछि प्रशासनद्वारा छपकैयालाई सिल गरेको थियो । केहीदिन देखि प्रशासनले शिल गरे पछि सिल गरेको ठाउहरुमा covied-19 को रेपिड किटबाट टेस्टको काम सुरु गरेको थियो तर सबैमा नेगेटिभ रिपोर्ट आएपछी फेरि अन्तिम चरणको चेकजाचको लागि आज छपकैया वडा न. १,२ र ३ गरि जम्मा १३४ जनाको स्वायब टेस्ट चेकजाच गरि नमूना लिएको र आजै नमूना परिक्षणको लागी काठमाडौं पठाउने तयारी गरिएको र रिपोर्ट नेगेटिभ आए क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई सम्बन्धित निकाय वा नजिकका व्यक्तिहरुको जिम्मा लगाई पठाउने तयारी भएको चन्डी प्रसाद गण बिरगंजका गणपति मदन जंग राणाले जानकारी गराउनु भएको थियो ।