बेवारिसे शव फेला

54

सन्तोष रन्जितकार

बिरगंज १२ बैशाख ।

: वीरगन्जको लिंकरोडमा नजिक रहेको एभरेष्ट होटलकै गेटमा शुक्रबार एक अपरिचित ब्यक्ति को शव  फेला परेको छ। लिंकरोड बाट प्रभु हस्पिटल जाने चोक नजिक रहेको एभरेष्ट होटलको गेटमा ब्यक्ति शव फेला परेको हो।

बिहान करीब ११ बजेको समयमा ती ब्यक्ति देखिए पछि प्रहरीलाई त्यहा का स्थानियले खबरा गरेका थिए ।पहाडी मुलको जस्तो देखिने मृतक अन्दाजी ४०/४२ वर्षको उमेरका छन् भने शव प्रहरीले उठाएर पोष्टमार्टमका लागि नारायणी उप-क्षेत्रीय अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको र यस बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए।