सीमा पार गर्न खोजिरहेका भारतीयहरुलाई क्वॉरेंटाइनमा राखियो

14

सन्तोष रन्जितकार

बिरगंज १२ बैशाख ।

नेपालका विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा रहनु भएका ३३ भारतीयहरु लक डाउनले गर्दा खान र बस्न समस्या भएकोले सीमा पार गर्न खोजिरहेको अवस्था मा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ।२० जना लाई अलौ बाट, १२ जना लागि सिर्सिया नाका बाट र १ जना लाई वीरगन्ज भन्सार नाका बाट नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई ठाकुर राम बहुमुखी क्याम्पसमा बस्ने र खान व्यवस्था ग्रीन सिटी र रुंगटा वेलफेयर सोसाइटीको सहकार्यमा मिलाइएको छ।
नुहाउने र लुगा धुने साबुन लगायत अन्य सामग्री पनि ग्रीन सिटीले उपलब्ध गराउनुभएको छ। ३३ जना नयाँ थप भइसकेपछि ठाकुरराम क्याम्पसको क्वॉरेंटाइनमा भारतीयहरुको संख्या ११७ पुगेको जानकारी अध्यक्ष खेतानले दिनुु भयो।