मुख्यमन्त्री राउतद्वारा रमजान पर्वको शुभकामना

14

जनकपुरधाम, १३ वैशाख  ः

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मालम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा सबैमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा भनिएको छ, “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता र सद्भाव कायम गर्ने छ ।” उहाँले विश्व अहिले कोरोना चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणका लागि लकडाउनसमेत गरेको हुँदा सम्पूर्ण इस्लाम धर्मालम्बीहरुलाई घरमै नमाज पढ्न र भीडभाड नगर्न आग्रह गर्नुभएको छ ।(रासस)