कोरोना निको भएर चार संक्रमित डिस्चार्ज

27

वीरगंज, १४ बैशाख ।

वीरगञ्जमा उपचाररत ४ जना काेेेेेराेना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रौतहटका १८ वर्षिय पुरुष  र तीन जना भारतीय नागरिक  डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनीहरु छपकैयाको मक्की जामे मस्जिदमा बस्दै आएका थिए।

यो सँगै निको भएर घर फर्किनेहरुको संख्या १६ पुगेको छ। सरकारले प्रदेश नम्बर २ मा परीक्षणको दायरा थप बढाएको छ।