कोरोना विरुद्धको लडाई जनताको नेतृत्वमा छ : मोदी

16

नयाँदिल्ली, १४ वैशाख

– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोनाभाइरस विरुद्धको लडाई भारतीय जनताले नेतृत्व गरिरहेको बताउनु भएको छ । लडाईमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताउनु भएको हो । आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको उहाँको भनाई छ । प्रधानमन्त्री मोदीले भन्नुभयो, “हरेक नागरिक यस लडाईमा कोरोनाभाइरस विरुद्धको लडाकू हुनु भएको छ ।” उहाँले मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम “मन की बात”मा बोल्दै मोदीले विशाल भारतमा यस्तो लडाई धेरै कठिन भएको पनि उल्लेख गर्नुभयो । कोरोनाभाइरससँगै आफूहरु गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । “कोरोनाभाइरस विरुद्धको जनताको लडाई सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पु¥याउने छौँ,” प्रधानमन्त्री मोदीले भन्नुभयो ।(रासस–एएनआई)