उपभोक्ता हित संरक्षण मंचको ध्यानाकर्षण

22
वीरगंज, १५ बैशाख । सरकारले कोरोना भाईरसलाई नियन्त्रण गर्न देशभरी लकडाउन लागु गरेकै क्रममा उपभोक्ता हित संरक्षण मंच प्रदेश नं. २ को भर्चुअल बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा यस महामारीबाट बच्न विभिन्न कठिनाईका साथ पनि उपभोक्ताहरुले लकडाउनको पालना गरिरहेको प्रति उपभोक्ता हित संरक्षण मंचले सम्मान समेत गर्दछ तर यस्तो महामारीको अवस्थामा पनि कतिपय ठाउमा उपभोक्ता लुट्ने प्रति मंचको विशेष ध्यानाकर्षण भएको हो । ब्यवसायीहरुको पेशागत हितकालागि बनेको ब्यापारको संघले राज्यको उपस्थितिलाई चुनौती दिदै खाद्य समाग्रीको मूल्य तोक्ने र खुल्ला रुपमा कालो बजारी गर्ने काम भइरहेको छ । त्यसैगरी सरकारले पठाएको राहत उचित व्यक्ति समक्ष नपुगेर तथा गरिब, विपन्न वर्गका व्यक्तिहरुलाई नपाएर जसको आर्थिक अवस्थामा केही कमी छैन त्यस्तो व्यक्तिलाई पाउने गरेको समेत देखा परेको छ । त्यसैगरी राहत वितरणमा पनि रकमको हिनामिना गर्न सस्तो दरमा अखाद्य वस्तुहरु खरिद गरी वितरण गर्ने गरेको समाचारहरु त सार्वजनिक भएकै हो । मानव समुदायमाथि आइपरेको बैश्विक महामारीमा कालो बजारी र लुट मच्चाउने अनुचित क्रियाकलापमा संलग्नहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न मंचले एक प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकारलाई आग्रह गरेको छ । उपझोक्तालाई कालोबजारी र लुटतन्त्रबाट मुत्त बनाएर प्रदेश सरकार र स्थानीय सरकार भएको अनुभूती गराउन मंचका प्रदेश नं. २ का अध्यक्ष केसी लामिछानेले प्रदेश नं. २ का सरकार तथा स्थानीय सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।