संघीय सरकार र प्रदेश सरकारको उपेक्षापुर्ण व्यवहारले वीरगंजका मेयर सरावगी दुःखी

803

वीरगंज, १७ बैशाख ।

वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी संघीय र प्रदेश सरकारको व्यवहारले गर्दा क्षुब्ध भएका छन् । वीरगंजमा कोरोना तेस्रो चरणमा प्रवेश गर्ने क्रममा रहेको भएतापनि स्थानीय प्रशासन र सरकारले समयमा उचित कदम चाल्ने तर्फ कुनै ठोस पहल गर्ने मनसाय नदेखाएको उनले आरोप लगाएका छन् । प्रदेश नं. २ को भए भरीको कोरोना यहाँ थुपार्ने र फोन गर्दा स्वास्थ्य मन्त्री र सचिवले फोन समेत नउठाउने व्यवहारले उनी दुःखी भएका छन् ।

 जनकपुरको पि.सि.आर मेशिन ढँगले चलाउन नजान्दा त्यो जहिले पनि नेगेटिभ रिपोर्ट दिने गरेकोले त्यहाँको सेवा बन्द भएको र यहाँ पठिाइएको पि.सि.आर मेशिन सहायक उपकरण बिना पठाईएकोले हाल सम्म संचालनमा नआएको भन्दै यो ठूलो गैर जिम्मेवारी हो भन्दै पि.सि.आरको सहायक उपकरण माथिकाले बेचेर खाएको आरोप लगाउनु भयो । ८० प्रतिशत साइलेन्ट कोरोनाको केश आउने गरेको र विश्व स्वास्थ्य संगठनले यस तर्फ सचेत गराई सकेको अवस्थामा पनि भारतबाट मालवस्तु बोकेर आएको मालवाहक सवारी साधनहरु निर्वाध रुपले देशको राजधानी, पोखरा, नारायणगढ सम्म निर्वाध गइरहेकोले यसलाई अविलम्ब रोक्नुपर्ने अवस्था आएको मेयर सरावगीले बताउनु भयो । बुधबार थप तिन जना संक्रमित भेटिएपछि मेयर सरावगीले नेपालको प्रमुख प्रवेशद्वार रहेको वीरगंज कोरोनाको प्रवेशद्वार भएको चर्चा गर्दै संघीय सरकार र प्रदेश सरकारको उपेक्षापूर्ण व्यवहारले आफु अत्यन्त दुःखी भएको बताउनु भएको ।

अंकुशसंग चर्चा गर्दै मेयर सरावगीले वीरगंज महानगरका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको भारी सहयोगले आफुलाई उर्जा प्राप्त भइरहेकोले गर्दा बिहानदेखि बेलुका सम्म जनसेवामा खटिरहेको बताउनु भयो । मेयर सरावगीले प्रदेश सरकारको दैलोमा माननीय सांसद प्रदिप यादवसंग गएर गुहारे, सुनुवाई भएन । संघीय सरकारलाई पत्र लेखे, फोन गरे, त्यसको पनि सुनुवाई नभएपछि नारायणी अस्पताललाई सर्वसाधारणको लागी खुलाउन र कोभिड अस्पताल बनाउन काठमाण्डौंमा गएर दबाब दिने बताए ।