कालोवजारीको आरोप लागेका अग्रवाललाई २५ लाख ५० हजार धरौटी मांग

12

कोरोना भाइरस संक्रमण परिक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवशायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ।  काठमाडौँ जिल्ला अदालतले अग्रवालसँग २५ लाख ५० हजार  धरौटी मागेको हो। न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको आदेश सुनाएको हो। बुधबारदेखि बहस सुरु भएको थियो।