भारतमा लकडाउन जेठ ४ गतेसम्म बढ्यो

21

काठमाडौं, १९ वैशाख ।  भारत सरकारले लकडाउन थप दुई साता लम्ब्याएको अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे भारतको गृह मन्त्रालयले जनाएकाे छ। लकडाउन लम्बाइएपनि पहिले जस्तो कडा नहुने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरू मध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ ।