सफाई कर्मीलाई सम्मान 

4

सन्तोष रंजितकार

बिरगंज, २० बैशाख  ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले बिरगंज महानगर पालिकाका सरसफाइ कर्मीहरुलाई प्रोत्साहनका लागी सम्मान गरेको छ ।
कोभिड -१९ कोरोना भाईरसको कारण बिश्वको जनजीवन त्रासमय भैइ रहेको अवस्थामा नेपालमा पनि यसबाट बच्नको लागी सरकारले चैत्र ११ गते देखि लकडाउन गर्दै आईरहेको र सम्पुर्ण उद्योग , कलकारखाना , यातायात , व्यवसाय , कृषि , पर्यटन व्यवसाय र शैक्षिक क्षेत्र समेत बन्द रहेको छ । बिरगंजमा पनि कोरोना भाईरसको संक्रमितहरु देखा परेको अवस्थामा महामारीको जोखिम तथा संक्रमण दिनानुदिन बढदै गैइरहेको बेला पनि बिरगंजमा सरसफाईको काम भने रुकेको छैन हरेक दिन आफ्नो ज्यानको बाजी राखेर बिरगंज महानगर पालिकाका सरसफाइ कर्मिहरु दिन रात लागी रहेकोले त्यस्ता सरसफाई कर्मीहरुको मनोबल र हौसला बढाउन प्रोत्साहनका लागी ग्रिनसिटि सामुदायिक सेवा केन्द्र , आदर्शनगरले शनिबार उनिहरुलाई सम्मान गरेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र , आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनु भएको थियो ।