ट्रक सहित अगरबत्ति र चालक पक्राउ

34

संतोष रन्जितकार
वीरगंज, २१ बैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त टोलीले अगरबति सहित ट्रकचालकलाई पक्राउ गरेको छ । सो टोलीले परवानीपुरबाट जितपुर तर्फ जांदै गरेको ना २ ख ९०१५ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा सो अगरबति सहित रौतहट बृन्दावन नगरपालिका वडा नं. १ बस्ने सिताराम पटेललाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले पक्राउ गरेको ४८० कार्टुन चम्पा अगरबतिको बिल माग गर्दा चालकले पेश गर्न नसकेकोले अगरबति सहित ट्रक र चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ गरिएको सो ट्रक, अगरबति र चालकलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।