डिस्चार्ज भएका युवकमा फेरि कोरोना पोजिटिभ,अस्पताल भर्ना

31

वीरगंज,२१ बैशाख: कोरोना भाइरसबाट संक्रमित भएर डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ। कोरोना भाइरसबाट संक्रमित भइ वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा भर्ना उपचाररत् उनलाई केही दिन अघि मात्रै डिस्चार्ज गरिएको थियो। लगायतार कोभिड १९ पोजिटिभ रिपोर्ट नेगेटिभ देखिएपछि उनीसहित ४ जनालाई डिस्चार्ज गरिएको थियो।