नारायणी अस्पताललाई पुरानै अवस्थामा फर्काउन माग

27

संतोष रन्जितकार
वीरगंज, २१ बैशाख ।
नेपाली कांग्रेस पर्साले आइतबार वीरगंज स्थित नारायणी अस्पताललाई पुनः शुरु गर्न माग गरेको छ । नेपाली कांग्रेस पर्साले नारायणी अस्पतालमा जनताको उपचार सुरु गर्न मांग गर्दै लकडाउनको नियमको साथै सामाजिक दुरी कायम गर्दै वीरगंजमा प्रदर्शन समेत गरेको हो ।

मालपोत कार्यालय अगाडीको रोड देखी विर्ता मन्दिर सम्मको रोडमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । लकडाउनमा पनि भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागिहरुले विभिन्न नारा लेखिएको प्ले कार्ड सहित नारायणी अस्पताललाई पुनः सुचारु गरी उपचार सुरु गर्न माग गरेका हुन् । एक घण्टा जति भएको प्रदर्शनमा सहभागिहरुले नारायणी अस्पतालाई कोरोना मुक्त गराऔ, कोरोना अस्पतालको लागि वैकल्पिक व्यवस्था होस्, नारायणी अस्पताललाई जोगाऔ, कोरोना अस्पतालाको अन्त कही व्यवस्था होस, नारायणी अस्पतालमा जनताको उपचार पुनः सुरु होस् भन्ने नारा लेखिएको प्ले कार्ड बोकी प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्रदेश सांसद राजेश्वर साह, प्रदेश सभासद ओमप्रकाश शर्मा, नेता राजेन्द्र बहादुर अमात्य, जनार्दन सिंह क्षेत्री, जिल्ला सचिव श्याम पटेल, जीपी फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिन, राजु गुप्ता लगायतको सहभागिता रहेको थियो ।