को–अपरेटिभ क्लब पर्साद्वारा कोरोना रोकथामको लागि महानगरपालिकालाई आर्थिक सहयोग

16

संतोष रन्जितकार
वीरगंज, २२ बैशाख ।
को–अपरेटिभ मैनेजर्स क्लब पर्साले वीरगंज महानगरपालिकाको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । को–अपरेटिभ मैनेजर्स क्लब पर्साका अध्यक्ष जिष्णु बरालले रु. २५ हजार एक रुपैया कोरोना संक्रमणको रोकथामको लागि सहयोग वापत महानगरपालिकाका मेयर बिजय कुमार सरावगीलाई चेक हस्तान्तरण गरेका हुन् ।
क्लबको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण कोषबाट क्लबका अध्यक्ष बरालले सो रकम महानगरपालिकाको कोरोना भाईरस संक्रमण कोषको लागि सहयोग गरेका हुन् । विश्व त्रसित महामारी कोरोना भाईरस संक्रमणबाट बच्न र बचाउनको लागि थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्राय उक्त रकमको सहयोग गरेको को–अपरेटिभ मैनेजर्स क्लब पर्साका उपाध्यक्ष चन्देश्वर प्रसाद चौरसियाले बताउनु भयो ।
को–अपरेटिभ मैनेजर्स क्लब पर्साका महासचिव रबि भुषण श्रीवास्तव र संचालक रामबाबु चौधरीले सहयोग बारे जानकारी गराउंदै जिल्ला भरीका सहकारी संस्थाहरुले सम्बन्धित स्थानीय सरकार मार्फत सहयोग र सेवामा जुट्न अपिल समेत गरेका थिए । चेक बुझ्दै मेयर सरावगीले सहयोगको लागि को–अपरेटिभ मैनेजर्स क्लब पर्सालाई धन्यावाद दिंदै आगामी दिनमा पनि यसरी नै सहयोग गरिदिनुहुन भनी विश्वास व्यक्त गरेका थिए ।