नेपालगञ्जमा भोलिदेखि २५ गतेसम्म कर्फ्यू

12

बुटवल,२२ वैशाख।

कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलि बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र (कर्फ्यू) कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले साेे निर्णय गरेको हाे । बैठकले सुरक्षा र  स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।