उत्तरप्रदेशमा एक दिनमै एक अर्बको मदिरा बिक्री

11

काठमाडौं, २३ वैशाख  ।

लामो समयपछि भारतको केही राज्यमा मदिराको पसल खोल्न सोमबार अनुमति दिइयो । अनुमति दिएको केही मिनेट नबित्दै शहरका मदिरा पसल अगाडि दुई-दुई किलोमिटरसम्म मानिसहरुको भिड जमा भयो । उक्त भिड मंगलबार पनि देखिएको छ । मदिरा खरिद गर्न जमा भएको भिड व्यवस्थापन गर्न कतिपय शहरमा प्रहरीले लाठीचार्ज नै गर्नुपर्यो ।


मदिरा पसल खोल्न अनुमति दिने सरकारी निर्णय वर्षौंको खडेरीपछि पानी परे झैं भयो  र कोभिड–१९ तिब्र रुपमा फैलिरहँदा मदिरा पसल खोल्ने अनुमतिपछि सामाजिक दूरीको मापदण्ड पूर्णरुपमा तोडिएको छ । एकै पसल अगाडि पाँचसयदेखि एकहजार मदिरा खरिद गर्नेको भिड जमा भएको छ ।फोटो गुगल