को-अपरेटिभ म्यानेजेर्स क्लब पर्साद्वारा आर्थिक सहयोग

4

वीरगंज, २३ बैशाख ।
को–अपरेटिभ मैनेजर्स क्लब पर्सा वीरगंजले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड फिल्ड कार्यालय लाइ चेक हस्तान्तरण गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा उपचार कोषका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । को–अपरेटिभ मैनेजर्स क्लब पर्साका अध्यक्ष जिष्णु बरालले रु. १५ हजार एक रुपैया कोरोना संक्रमणको रोकथामको लागि सहयोग वापत नेप्सुन का संचालक सद्स्य हरेराम पटेल लाई चेक हस्तान्तरण गरेका हुन् ।
क्लबको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण कोषबाट क्लबका अध्यक्ष बरालले सो रकम नेप्सुन फिल्ड कर्यालय पर्सा कोरोना भाईरस संक्रमण कोषको लागि सहयोग गरेका हुन् । विश्व त्रसित महामारी कोरोना भाईरस संक्रमणबाट बच्न र बचाउनको लागि थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्राय उक्त रकमको सहयोग गरेको को–अपरेटिभ मैनेजर्स क्लब पर्साका उपाध्यक्ष चन्देश्वर प्रसाद चौरसियाले बताउनु भयो ।
को–अपरेटिभ मैनेजर्स क्लब पर्साका महासचिव रबि भुषण श्रीवास्तव र संचालक रामबाबु चौधरीले सहयोग बारे जानकारी गराउंदै जिल्ला भरीका सहकारी संस्थाहरुले सम्बन्धित स्थानीय सरकार मार्फत सहयोग र सेवामा जुट्न अपिल समेत गरेका थिए । चेक बुझ्दै हरेराम पटेलले सहयोगको लागि को–अपरेटिभ मैनेजर्स क्लब पर्सालाई धन्यावाद दिंदै आगामी दिनमा पनि यसरी नै सहयोग गरिदिनुहुन भनी विश्वास व्यक्त गरेका थिए । त्यस्तै कल्बले सोमबार महानगरपालिकाका मेयर बिजय सरावगी लाई रु २५ हजार को चेक हस्तान्तरण गरेको थियोे ।