पर्सागढी नगरपालिकामा एक शिक्षकको शव फेला

18

संतोष रन्जितकार
वीरगंज, २३ बैशाख ।
पर्सागढी नगरपालिकामा हिजो भेटिएको शव एक शिक्षकको रहेको खुलेको छ । सो नगरपालिकाको वडा नं. २ मा पर्ने मेघा खोलामा हिजो सोमबार मध्यान्ह ती शिक्षक मृत अवस्थामा फेला परेका थिए ।
मृतक पर्सागढी नगरपालिका वडा नम्बर १ पशुपतिनगर बस्ने बर्ष ४६ को शिव प्रसाद बराल रहेको प्रहरी चौकी मनवाले बताएको छ ।
पर्सागढी नगरपालिकाको वाड नम्बर २ कटानी गाउँदेखि १ किलोमिटर पश्चिममा पर्ने मेघा खोलामा टाउको पानी भित्र गाडिएको र जीउ बाहिर निक्लिएको अवस्थामा बराल फेला परेका थिए ।
स्थानीयहरुले बरालको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बराल भैसी चराउन घरबाट निस्किएको बुझिएको छ । शवको प्रकृतिक हेर्दा शंकास्पद रहेको छ ।बराल मना· जिल्लामा शिक्षक पेशामा कार्यरत थिए र लकडाउनको कारण घर आएको स्थानीयले बताएका छन् । शव पोस्टमार्टमको लागि बीरगन्जस्थित नरायणी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।