जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा वीरगंज महानगरपालिकालाई ५१ हजारको चेक हस्तान्तरण

28

संतोष रन्जितकार
वीरगञ्ज, २४ बैशाख ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साले वीरगञ्ज महानगरपालिकाको कोरोना रोकथाम तथा उपचार कोषमा ५१ हजार रकम सहयोग गरेको छ । संघका अध्यक्ष राजेश पण्डितले महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई रु. ५१ हजारको चेक हस्तान्तरण गर्नुभएको हो । संघका सचिव पन्नालाल महतो, नेपस्कुन फिल्ड कार्यालय वीरगञ्जका प्रमुख बृजेश गुप्ता, कार्यवाहक प्रबन्धक रामअनुप यादबको रोहबरमा उक्त चेक हस्तान्तरण गरिएको थियो । यसभन्दा अघि प्रदेश नं. २ ले सञ्चालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा संघले रु ११ हजार नगद सहयोग गरेको थियो साथै आगामी दिनमा पनि अन्य संस्थामा सहयोग गरिने संघका अध्यक्ष पण्डितले बताउनुभयो ।