जीपी फाउण्डेशन पर्साद्वारा वीरगंज महानगरलाई सेनीटाईज

20

वीरगंज २४ बैशाख ।
स्व. गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरलाई सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनेटाईजरबाट महानगरको अधिकांश वडाहरुलाई सेनीटाईज गरिसकेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताएका छन ।
कोरोना भाईरस तथा कोभिड १९ को प्रकोपले विश्व नै आक्रान्त बन्न पुगेको छ । हाल सम्म विश्व भरी लाखौं मानिसले यस रोगबाट आफनो ज्यान समेत गुमाई सकेका छन ।
विश्व स्वास्थ्य संगठनले यस रोगको कुनै औषधि उपचार नरहेको जिकिर गर्दै आएता फनि समाजिक दुरी तथा व्यतिगत सरसफाई नै यसको मुख्य उपचारहरु रहेको बताएको छ ।
वीरगंज महानगरको ३२ वटै वडाहरु सेनीटाईज गरिने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले जानकारी गराएका हुन । सदस्य कुर्मीका अनुसार हालसम्म वीरगंज महानगरको १ देखि वडा नं २५ सम्म सेनेटाईज गरिसकिएको उनले बताए । बाकि रहेको वडाहरु सेनेटाईज भईरहेको तथा एक हप्ता भित्र सम्पुर्ण वडाहरु सकाउने फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले बताए । अगामी दिनहरुमा पनि पर्साका जनता तथा गरिब नागरिकहरुलाई फाउण्डेशनले परेको बेला यथासम्भव सहयोग गर्ने प्रतिवद्धता फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताएका छन् ।