पर्सामा एकै दिनमा १७ जनामा कोरोना पोजिटिभ फेला, संक्रमितको संख्या ९९ पुग्यो

7

संतोष रन्जितकार
वीरगंज, २४ बैशाख ।
वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार प्रयोगशाला परीक्षण गर्दा वीरगंजमा १७ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । यीमध्ये २२ जना उपचारपछि निको भएका छन् ।
वीरगञ्जमा बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ । उनीहरुको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।
डा देवकोटाका अनुसार आज फेला परेका १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन् । उनीहरु सबै पर्सा जिल्लाका हुन् । आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन् ।