केन्द्रिय सल्लाहकार लम्सालद्वारा ज्याकेट,सेनिटाईजर र मास्क वितरण

17

वीरगञ्ज,२५ वैशाख:

नेपाल प्रेस युनियनका केन्द्रिय सल्लाहकार शिव लम्सालले पर्सा शाखालाई केही थान प्रेस ज्याकेट, सेनिटाईजर र मास्क हस्तान्तरण गर्नुभको छ । प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीलाई सो सामाग्रीहरु हस्तान्तरण गर्दा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका सचिव खिला कार्कीको उपस्तिती रहेको थियो ।

आज साँझ भएको सो हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, युनियन पर्साका उपाध्यक्षद्वय बिजय चौहान र शेखर छत्कुल्ली, केन्द्रिय पार्षदद्वय अशोक तिवारी, रितेश त्रिपाठी, लगायत पत्रकारको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सल्लाहकार शिव लम्सालले महामारीको यो समयमा पत्रकारहरु संक्रमणबाट बच्नु पर्ने भएको र नागरिकलाई सुसुचित गर्ने दायित्व समेत भएकोले यो समाग्रीले थोरै भएपनि फिल्डमा काम गर्ने पत्रकारहरुलाई सहयोग पुग्ने आशा ब्यक्त गर्नु भयो । साथै यस्तो महामारीको समयमा आफ्नो ज्यानको बाजी लगाएर फिल्डमा काम गर्ने पत्रकारहरुलाई अरु के कस्तो किसिमबाट सहयोग गर्न सकिन्छ त्यस्को बारेमा जानकारी गराउन आग्रह समेत गर्नु भयो । सो अवसरमा युनियनका पर्सा अध्यक्ष रामनारायण कुर्मीले केन्द्रिय समितीप्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो ।