स्वास्थ्य सामाग्री हस्तान्तरण

21

बीरगन्ज, २६ बैशाख ।

एन.पि.एल समाज संस्था र नेपाल फर्मास्युटिकल्स ल्याब प्रा. लि. ले शुक्रबार नारायणी अस्पताललाई  स्वास्थ्य सामाग्री वितरण गरेका गरेको छ ।
नेपाल फर्मास्युटिकल्स ल्याब प्रा.लि.का मार्केटिङ टीमहरुको समन्वयमा नारायणी अस्पतालका चिकित्सकहरुको लागि २०० पिस पिपिइ सेट , २०० पिस एन ९५ मास्क,गुगल ,१०० पिस फेस शिल्ड हस्तान्तरण गरिएका थिए।

ल्याबका डिजीएम सुरेन्द्र प्रसाद साहले  नारायणी अस्पतालमा पुगेर  अस्पतालका मेसु डा.मदन उपाध्यायलाई हस्तान्तरण गर्नु भएको थियोे ।

सो अवसरमा अस्पतालका वरिष्ठ डा. निरज सिंह, वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल फर्मास्युटिकल्स ल्याबका मार्केटिङ टिम सन्तोष मास्के,सौरभ  बर्णवाल, प्रवीण मिश्र, विजय कर्ण, विवेक ठाकुर, मौसम भट्टराई, निखिल शाह, अरविन्द गुप्ता, सन्नी सर्रफ लगायतको सहभागिता रहेको थियो ।