गण्डक अस्पताललाई कोरोना अस्पतालको रुपमा संचालन गर्ने निर्णय

22

संतोष रन्जितकार
बीरगंज, २७ वैशाख ।
अन्तत बीरगंजको गण्डक अस्पतालमा कोभिड–१९ अस्पताल संचालनमा आउने भएको छ । संघीय स्वास्थ्य मंत्रालयले पठाएको बिज्ञ टोली, प्रदेश सरकारको स्वास्थ्य मंत्रालयका प्रतिनिधि तथा बीरगंज महानगरपालिकाको शनिवार बसेको बैठकले गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो ।
नारायणी अस्पतालको प्राविधिक ब्यवस्थापकीय नेतृत्वमा महानगरपालिकाको संयोजनमा गण्डक अस्पतालको पूर्वाधार प्रयोग गर्ने कुरामा नेपाल सरकारले बीरगंजमै आएर निर्णय लिएको महानगरपालिकाले जनाएको छ । यो निर्णय संगै अव नारायणी अस्पतालको रुटिङ सेवा संचालनमा आउने छ । गण्डक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट समस्यामा परेका बिरामीको उपचार हुने अव भने पक्का भएको छ । नारायणी अस्पतालको प्राबिधिक ब्यवस्थापन र जनशक्तिको नेतृत्वमा नेशनल मेडिकल र महानगरका २५/२५ प्रतिशत जनशक्ति परिचालन गरि बीरगन्ज महनगरपालिकाको संयोजनमा अस्पताल संचालन हुने कार्यविधि तय भएको हो ।
यसैबीच बीरगंज महानगरपालिकालको २ सय बेड क्षमताको आइसोलेशन सेन्टरको स्थापना गर्ने निर्णय समेच गरिएको थियो । बीरगंज महानगरपालिकाले सर्वपपक्षीय बैठक आयोजना गरि सबैको समन्वयमा महानगर प्रमुखकको संयोजकत्वमा कोरोना–१९ प्रतिकार्य तयारी समिति गठन गरेर काम गर्ने निर्णय भएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिनु भयो ।